Techie IT
१९ मंसीर २०७८, आईतबार

कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी


डोटी । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयीभएका छन् । बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए ।

त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले राससलाई जनाएको छ । उनका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका छन् । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी भएका हुन्।

मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिसत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे । सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए ।

कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्