Techie IT
१२ साउन २०७८, मंगलबार

धारा ७६(५)ले निर्दलियता व्याख्या गरेको भन्दैे संविधान संशोधनको पक्षमा एमाले


काठमाण्डौं ।

संविधानको धारा ७६(५)ले निर्दलियता व्याख्या ग्रेकोले संविधान संशोधन गर्न पहल गर्ने एमालेले निणृय गरेको छ । नेकपा एमालेको बुधबार् बसेको केन्द्रीय समितिको बैठकले संविधानको धारा ७६ उपधारा ५ ले निर्दलीय व्याख्या गरेकाले सच्याउन संविधान संशोधन गर्न पहल गर्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण र नियन्त्रणको अवस्थालाई खल्बल्याएको र संविधानको आधारभूत संरचनालाई नै कमजोर तुल्याएको बैठकले निष्कर्ष निकालेको बताए ।

सर्बोच्च अदालतले यही धारालाई आधार बनाए्र गत असार २८ गते विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।

साथै यस धाराअनुसार नै फ्लो्र क्रस गरे्र अर्को दलका नेतालाई मत दिने आफ्ना पार्टीका सांसदलाई कारवाही गर्न नपाउने फैसला पनि सर्बोच्चले गरेको थियो । बुधबार बसेको पार्टीको बैठकले यस बाहेक अन्य विभिन्न महत्वपूर्ण निर्णय ग्रेको पार्टी स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्