Techie IT
१२ साउन २०७८, मंगलबार

साउन २० गते माओवादीको केन्दीय समिति बैठक


काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन २० गते बस्ने भएको छ । पार्टीको पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले साउन २० गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको पेरिसडाँडा स्रोतले जनाएको छ ।

यस्तै साउन १७ गते पार्टीको स्थायी कमिटी बैठक पनि बोलाएको सोतले जनाएको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आग्रह गर्दै विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गठबन्धनले गरेका साझा प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन पनि बैठकले माग गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्