Techie IT
१२ साउन २०७८, मंगलबार

सुदूरपश्चिमका १४ सांसदहरुले दिए नेता रावललाई राजीनामा फिर्ता लिन दबाब


काठमाडौं ।

सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले एमाले नेता भीम रावललाई प्रतिनिधिसभाको पदबाट दिएको राजीनामा फिर्ता लिन दबाब दिएका छन् । नेकपा एमाले माधव नेपाल समुहका प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यहरुले मंगलबार् नेता रावलको निवासमै पुगेर राजीनामा फिर्ता लिन दबाब दिएका हुन् ।

उनीहरुले नेता र्वल प्रदेशको मात्रै नभएर सिंगो देशकै नेता भएकोले सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न दबाब दिंदैं यदी फिर्ता नग्रे आफुहरुले समेत सामूहिक राजीनामा दिने चुनौतीसमेत दिएका छन् ।

नेकपा एमालेमा नेपाल समुहका नेता रहेका रवल शे्रबहादु्र देउवालाई नेता नेपालले विश्वासको मत दिने अडान लिएपछि नेता रावलले पदबाट राजीनामा दिएका थिए । नेता रावल तत्कालिन प्रधानमन्त्री केपी ओलीले ग्रेको संसद विघटनको विरुद्धमा रहे पनि देउवालाई विश्वासको मत दिनु हुँदैन भन्ने पक्षमा आफ्नो अडान अगाडी सारेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्