Techie IT
१२ साउन २०७८, मंगलबार

जसपाको ठाकुर समुह पनि सरकारमा जाने


काठमाण्डौं ।

जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर समुह पनि शे्रबहादु्र देउवाले नेतृत्व गरेको गठबन्धन सरकारमा सहभागी हुने भएको छ । यस अघि बनेको केपी ओली सरकारमा पनि सहभागी भएको ठाकुर समुह गठबन्धनको विपक्षमा रह्रँदै आएकोमा प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतको पक्षमा मतदान गरेर गठबन्धन सरकारको पक्षमा लागेको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच बालुवाटारमा भएको छलफलमा दुई मन्त्रालय लिएर सरकारमा जान सहमत भएको स्रोतले जनाएको छ । तर कुन मन्त्रालय लिएर स्रकारमा जाँदैछन् त्यसबारेमा अहिलयै टङ्गो नलागेको स्रोतले जनाएको छ । यस्तै जसपाको उपेन्द्र यादव समुह त गठबन्धन समुहबाट सरकारमा सहभागिता जनाउने बताउदै आएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्