Techie IT
१२ साउन २०७८, मंगलबार

एमाले नेपाल समूहको बैठक सुरु


काठमाडौँ ।

नेकपा एमाले माधव कुमार नेपाल समुहको बैठक बसिरहेको छ । भर्चुअल माध्यमबाट भएको यो बैठकले एमाले भित्रै रहनेकी अर्को पार्टी गठन गरेर जाने निर्णय लिने जनाइएको छ ।

बैठकमा विघटित पार्टी एकता कार्यदलका सदस्य र प्रधानमन्त्री शेरबहादु्र देउवालाई विश्वासको मत दिने सबै सांसदहरुलाई निम्तो दिएको स्रोतले जनाएको छ । बुधबारको बैठकले पार्टी एमालेमै रहनेकी पार्टी फुटाएर अर्को पार्टी गठन गरेर अगाडी बढ्ने निर्णय गरेर अगाडी बढ्न सक्ने एक नेताले बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्