Techie IT
९ असार २०७८, बुधबार

देउवा, प्रचण्ड, नेपाल र यादवबीच बुढानीलकण्ठमा गोप्य छलफल


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद मन्त्रिपरिषद विस्तार गरेपछि विपक्षी दलका नेताहरु सल्बलाउन थालेका छन् ।

विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार अपरान्ह पाँच बजेबाट देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव र सत्तारुढ नेकपा एमालेकै बिद्रोही पक्षका नेता माधवकुमार नेपाल बिहीबार अपरान्ह पाँच बजेबाट छलफल गरिरहेको बुढानिलकण्ठ स्रोतले जनाएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही समय बसेर हिडेको स्रोतले जनाएको छ ।संसद विघटन र प्रधानमन्त्री ओलीको निरन्तरतासम्बन्धी मुद्दा न्यायपालिकामा विचाराधीन रहेका बेला ओलीले दोस्रो पटक मन्त्री मन्त्रिपरिषद् विस्तार गरेपछि यस बारेमा छलफल गर्न विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्