Techie IT
९ असार २०७८, बुधबार

विपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै गण्डकी प्रदेश मुख्यमन्त्री


काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारको प्रदेशसभामा विपक्षी सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदैछन् । मुखयमन्त्री गुरुङले बिहीबारको प्रदेशसभामा आफूलाई विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले मुख्यमन्त्रीलाई विभिन्न प्रश्न गरेका थिए ।

आधा घण्टा स्थगित भएर फेरि सुरु भएको बैठकमा मुखयमन्त्री गुरुङले सांसदले सोधेका प्रश्नहरुको जवाफ दिइरहेका छन् । मुख्यमन्त्री गुरुङले मागेको विश्वासको पक्ष र विपक्षमाथिको मतदान पनि केही समयमा हुने स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्