Techie IT
९ असार २०७८, बुधबार

गण्डकी प्रदेशसभा मतदान चरणमा

बैठक आधा घण्टा स्थगित


काठमाडौं ।

बिहीबार बसेको गण्डकी प्रदेशसभा मतदान चरणमा प्रवेश गरेको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत मागेका थिए ।

संसदमा सहभागी विपक्षी दलका नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् । आधा घण्टापछि मुख्यमन्त्री गुरुङले मागेको विश्वासको मतको पक्ष र विपक्षमा मतदान हुने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्