Techie IT
९ असार २०७८, बुधबार

बिहीबार विस्तारीत मन्त्रिपरिषदमा कस्ले पायो कुन मन्त्रालय ?

(राष्ट्रपति कार्यालयको पत्रसहित)


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गरेका छन् ।जसमा एमालेका ६ मन्त्री र एक राज्यमन्त्री तथा जसपा महन्त ठाकुर पक्षबाट एक जना मन्त्री भएका छन् ।

योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । जसमा तीन उपप्रधानमन्त्री रहेका छन् भने १८ मन्त्री र एक राज्यमन्त्री पुगेका छन् । बिहीबार विस्तारीत मन्त्रिपरिषदमा खगराज अधिकारी गृह, नैनकला थापा सञ्चारमन्त्री बनेकी छिन् । उनी पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमति हुन् ।

यस्तै नादरमुनी रानालाई वनमन्त्री , गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ,मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने मन्त्री ,ज्वालाकुमारी साह कृषिमन्त्री , राजकिशोर यादव उद्योगमन्त्री र आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

No photo description available.

No description available.


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्