Techie IT
९ असार २०७८, बुधबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमाण्डौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण गरेपछि अपरान्ह चार बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

मनित्रपरिषद बैठकमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा निर्देशन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीले अहिले सात मन्त्री र एक जना राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नयाँ मन्त्रीहरुमा गृहमा खगराज अधिकारी, उद्योगमा राजकिशोर यादव , सञ्चारमा नैनकला थापा , वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी,प्रधानमन्त्री कार्यालय मोहन बाँनिया र वनराज्यमन्त्रीमा आशा विकलाई प्रधानमन्त्रीले नियुक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्