Techie IT
९ असार २०७८, बुधबार

गृहमन्त्री बन्दै खगराज अधिकारी


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो मन्त्रिपरिषद विस्तार गर्न लाएका छन् ।विस्तारीत मन्त्रिपरिषदको गृहमन्त्रीमा कास्कीका सांसद खगराज अधिकारी बन्न लागेका छन् ।

यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका अधिकारी गृहमन्त्री केपी ओली सरकारको गृहमन्त्री बन्न लागेका हुन् । २०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा विश्राम लिए।

२०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बन्नुका साथै स्वास्थ मन्त्रीसमेत बनेका थिए । एमाले युवा सांसद महेश बस्नेत गृहमन्त्री बन्ने चर्चा भए पनि अन्तत अधिकारी गृहमन्त्री बन्न लागेका हुन् । अहिले विस्तारीत मन्त्रिपरिषद प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुलाई लैजाने तयारी पक्का भएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्