Techie IT
९ असार २०७८, बुधबार

बुधबारदेखि सम्पर्कविहीन मन्त्री मनाङे एकाएक विपक्षी गठबन्धनतिर


काठमाडौं ।

बुधबारदेखि सम्पर्कविहीन अवस्थामा रहेका गण्डकी प्रदेश सरकारका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दिपक मनाङे)बिहीबारसम्म आइपुग्दा विपक्षी गठबन्धनलाई समर्थन गर्न पुगेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेको स्रोतले जनाएको छ । उनले सत्ता पक्षको साथ छोडेपछि विपक्षी गठबन्धनबाट मुखयमन्त्रीका दावेदार कांग्रेसका सांसद कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत पुग्ने संकेत देखिएको छ ।

गत वैशाख १५ गते मुखयमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथिको मतदानको तयारी हुँदा सम्पर्कविहीन बनेका मनाङे एकाएक भोलीपल्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई मन्त्री बनाएका थिए । संविधानको धारा १६८)३) अनुसार मुखयमन्त्री बनेका मनाङेलाई दोश्रोपल्ट पनि मन्त्रीमा नियुक्त गरेका थिए ।

त्यसको ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा बिहीबार मुखयमन्त्री गुरुङले विश्वासको मत लिंदैछन् । मुखयमन्त्रीसँग बहुमत नपुग्ने अवस्था रहेको छ द। जनमोर्चाका सांसद कृष्ण थापाले सरकारको समर्थन गरेकाले विपक्षीलाई पनि बहुमत नपुग्ने देखिन्छ । तर सांसद मनाङेले विपक्षी गठबन्धनलाई सघाए भने विपक्षी गठबन्धनको सरकार बन्ने संभावना पनि रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्