Techie IT
१० असार २०७८, बिहीबार

लुम्बिनी प्रदेशसभाको विषेश अधिवेशनको माग गर्दै प्रदेश प्रमुखलाई पत्र


काठमाडौं ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि विषेश अधिवेशनको माग गर्दै लुम्बिनी प्रदेशका विपक्षी दलका सांसदहरुले प्रदेश प्रमुखलाई पत्रमार्फत माग गरेका छन् ।

आइतबार प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेट गरी यसअघि वैशाख ६ गते र आइतबार नै दर्ता भई छलफल नभएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाका विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले माग गरेका हुन् ।

विपक्षी दलहरुले आइतबार नै प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले मुख्यमन्त्रीको पक्षमा बहुमत नपुगेको भन्दै कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

No description available.

 

No description available.

 

 

 


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्