Techie IT
१० असार २०७८, बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता


काठमाडौं ।

लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको हो । यसअघि वैशाख ६ गते पहिलो पटक अविश्वास प्रस्ताव दर्ता भएको थियो।

आइतबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावमा दर्तामा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसी मुख्यमन्त्रीको रुपमा निणृय गर्दे पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ।

यसअघि पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते प्रदेशसभाको बैठक बोलाइएकोमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर संसद अधिवेशन अन्त्य गरेपछि उक्त अविश्वास प्रस्ताव माथि छलफल हुने प्रक्रिया समाप्त भएको थियो।

मुख्यमन्त्री पोखरेलले त्यो बेला सरकार संविधानको धारा १६८ को २ अनुसार भएको र १६८ को १ अनुसार सरकार बनाउन राजीनामा दिएका थिए। र प्रदेश प्रमुख धर्मनाथप्राद यादवले बहुमत सांसद सदस्यको हस्ताक्षर पेश गरेका पोखरेललाई नै मुखयमन्त्रीमा नियुक्त गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्