Techie IT
१० असार २०७८, बिहीबार

नेपाल पक्षको निर्णय ओलीलाई निरन्तरता दिनु भन्दा २० सांसदको सामूहिक राजीनामा

आइतबार स्थायी कमिटीको भर्चुवल बैठक बस्दै


काठमाडौं ।

सोमबार हुने संसदको विषेश अधिवेशनमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यक्रम रहेको छ । त्यसमा एमालेकै माधव नेपाल पक्षले अविश्वासको विपक्षमा मतदान नगरेर सामूहिक राजीनामा दिने निर्णयमा पुगेका छन् । त्यसको लागि नेपाल पक्षले आइतबार १२ बजेपछि भर्चुवल स्थायी कमिटीको बैठक बोलाएको छ । र यो बैठकले सामूहिक राजीनामा दिनेवारेमा निर्णय गर्ने एक नेताले बताए ।

सामूहिक राजीनामाका लागि सांसदहरुको हस्ताक्षर अभियान चलिरहेको र अहिले सम्म २० सांसदको हस्ताक्षर संकलन भइसकेको र जति सक्दो धेरै सांसद बनाउने एक नेताले सुलसुले खवरलाई जानकारी दिए । नेपाल पक्षले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तामा निरन्तरता भन्दा राजीनामा दिनु उपयुक्त हुने भन्दै शनिबार राजीनामा दिने निष्कर्ष निकालेको थियो।

पार्टीलाई जोगाइराख्नका लागि कार्यकर्तास्तरबाट दबाव आएपछि दुबै समूहका अध्यक्ष ओली र नेपालबीच विभिन्न चरणमा वार्ता भए पनि सफल हुन भने सकेन । यसपछि दुबै समुह आआफ्नै ढंगले हिड्न थालेका एक बाम विश्लेषकले बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्