Techie IT
१० असार २०७८, बिहीबार

देउवासँग जसपाका नेता ठाकुर र महतोको भेटवार्ता


काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी(जसपा)का शीर्ष नेता महन्त ठाकुर र राजेन्द्र महतोले भेटवार्ता गरेका छन् । जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आइतबार विहान देउवा निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् ।

यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यक्रम लिने कार्यसूचि रहेको छ । जसपाका अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएर सरकारमा सामेल हुने पक्षमा उभिएका छन् भने अर्का नेता उपेन्द्र यादव र डा बाबुराम भट्टराई भने जसरी पनि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मत दिएर विपक्षी गठबन्धनको सरकारमा सहभागी हुने पक्षमा रहेका छन् ।

कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने अभियानबमोजिम अध्यक्ष ठाकुर र नेता महतोसँग वार्ता अगाडी बढाएका हुन् ।सोमबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिन गइरहेको अवस्थाका कांग्रेस, माओवादी केन्द्र र जसपाको उपन्द्र यादव पक्ष विपक्षमा उभिने निर्णय गरिसकेका छन्।

ओलीलाई विश्वासको मत दिनुपर्छ भन्ने अडानमा रहेका ठाकुर र महतो पनि पार्टीभित्र चर्को दबाब बढिरहेका बेला देउवासँग परामर्श गर्न पुगेका हुन्।उनीहरुले बदलिँदो राजनीतिक समीकरणबारे कांग्रेस सभापति देउवासँग कुराकानी गरिरहेका छन्। ठाकुर र महतो देउवासँग परामर्श गर्न पुग्नुले ओली विरोधी गठबन्धन थप बलियो हुने संभावना बढेको राजनीतिक विश्लेषकको अडकलबाजी रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्