Techie IT
२ जेठ २०७८, आईतबार

कांग्रेस पदाधिकारी बैठक जारी


काठमाडौँ ।

देशको पछिल्लो राजनीतिक घट्नाक्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।सभापति शेरबादुर देउवाको निवास बुढानिलकण्ठमा पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक बसिरहेको बुढानिलकण्ठ स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन आह्वान गरेपछि अधिवेशनमा कांग्रेसको उपस्थिति कसरी जनाउने भन्ने विषयमा छलफल गर्नको लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसिरहेको कांग्रेसका एक नेताले बताए । बैठकमा ओलीलाई विश्वासको मत लिनबाट रोक्ने र नयाँ सरकार गठन गर्ने विषयमा छलफल भइहरेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्