Techie IT
२ जेठ २०७८, आईतबार

लुम्बिनी प्रदेशमा पनि विपक्षीले गरे अविश्वास प्रस्ताव दर्ता

माओवादी तर्फका मन्त्रीले दिए राजिनामा


काठमाडौं ।

लुँिम्बनी प्रदेशमा पनि विपक्षी दलहरुले प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएको लुम्बिनी प्रदेश स्रोतले जनाएको छ ।

अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जना गरी ४१ जनाको हस्ताक्षरसहित प्रस्ताव दर्ता गराएको एक प्रदेश सांसदले बताए । प्रस्तावमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको जनाइएको छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारमा माओवादीले दिंदै आएको सरकारलको समर्थन फिर्ता लिनुकान साथै माओवादीबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजिनामा दिएको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्