Techie IT
२ जेठ २०७८, आईतबार

संसदको हिउँदे अधिवेशन अन्त्य


काठमाडौँ ।

संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले अिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन अनत्य गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था भए अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजित सरकारको सिफारिसमा प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार दिउँसो १ बजेदेखि अन्त्य गरेकी हुन्।

गएको पुस ५ गते विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्स्थापित गरेको थियो। सर्वोच्चको आदेश वमोजिम फागुन २३ गते संसद अधिवेशन सुरु भएको थियो। यो अधिवेशनमा विभिन्न निधेयकहरु पेश हुनका लागि तयारी अवस्थामा रहेका भए पनि दलहरुबिच आपसी खिचातानीका कारण कुनै पनि विधेयक पेश हुन सकेनन् । जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट पेश गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण बजेट अधिवेशन चाँडै सुरु हुनेछ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्