Techie IT
२ जेठ २०७८, आईतबार

भारतबाट फर्किए पूर्व राजा ज्ञानेन्द्र


काठमाडौँ ।

पूर्व राजा ज्ञानेन्द्र भारतको हरिद्धारमा आयोजित कुम्भमेलामा सहभागी भएर स्वदेश फर्किएका छन् । आइतबार नेपाल एयरलाइन्सको विमानबाट पूर्वराजा ज्ञानेन्द्र नेपाल फर्किएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्रले कुम्भमेलामा सम्बोधन गर्ने क्रममा नेपालमा हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै हिन्दु धर्म बचाएर यसका सदगुणहरु अवलम्बन गर्न सबैलाई आग्रह गरेका थिए । उनको स्वागतमा बाजागाजासहित शुभचिन्तक र समर्थकहरुको भिड लागेको थियो । पूर्व राजा ज्ञानेन्द्रसँग रानी कोमल पनि थिइन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्