Techie IT
२ जेठ २०७८, आईतबार

ओलीले बोलाए सोमबारलाई एमाले केन्द्रीय कमिटी बैठक

बैठकले गम्भिर निर्णय गर्न सक्ने संभावना


काठमाडौँ ।

नेकपा एमाले ओलीसमूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा प्रदेशगत रिर्पोटिङ एजेण्डा विशेष छलफलको विषय बन्ने पनि पार्टी स्रोतले जनाएको छ । साथै जिल्लाहरुका इन्चार्ज तोक्ने,नेताहरुको कार्यविभाजन र उपनिर्वाचनको तयारीका विषयमा पनि छलफल गर्ने एजेण्डा रहेको जनाइएको छ । बैठक पछिल्लो समयमा घटेका राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेर गम्भिर निर्णय गर्न सक्ने संभावना रहेको पनि एक केन्द्रीय नेताले बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्