Techie IT
सोमबार, वैशाख ६,२०७८

आफैलाई बम हान्नेलाई गृहमन्त्री बनाउनु गल्ती भयो: प्रचण्ड


काठमाण्डौं ।

आफै माथि बम हान्नेलाई गृह मन्त्री बनाएर आफूले गल्ती गरेको नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले बताएका छन् ।

नेकपा माओवादी(केन्द्र)को रुकुम पश्चिमको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डल पार्टी लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा नदिएर आफूले गल्ती गरेको बताए । अबका दिनमा त्यस किसिमको भेदभाव नगरी पार्टीमा खटेर इमान्दारिताका साथ लाग्ने ,नेता कार्यकर्ताले नै त्यस किसिमको अवसर पाउने बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्