Techie IT
सोमबार, वैशाख ६,२०७८

गण्डकी प्रदेशमा माओवादी सरकारबाट बाहिरिने,समर्थन भने तत्काल फिर्ता नलिने


काठमाडौं ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।बुधबार विहान बसेको माओवादीको संसदयि दलको बैठकले गण्डकी प्रदेशका आफ्ना मन्त्रीहरुलाई सरकारबाट बाहिरिन निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा दुई मन्त्री रहेका छन् ।

माओवादी केन्द्रबाट मन्त्री हुनेमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् । यी दुई मन्त्रीलाई पार्टीको संसदीय दलले सरकारबाट बाहिरिन निर्देशन दिए पछि सरकारबाट राजीनामा दिन लागेका हुन् ।सरकार गण्डकी प्रदेश सरकारलाई दिंदै आएको समर्थन भने माओवादीले तत्काल फिर्ता नलिने भएको छ । सत्ता समिकरण पछि मात्रै सरकारलाई दिंदै आएको समर्थन फिmर्ता लिने पार्टी स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्