Techie IT
सोमबार, वैशाख ६,२०७८

नेपाल-खनाल समूहले बनायो अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेस्तरीय समानान्तर कमिटी

बागमती प्रदेशका जिल्ला कमिटीमा को को परे त ?


काठमाडौं ।

नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूह(नेपाल-खनाल)ले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय बागमती प्रदेशस्तरीय समानान्तर कमिटी बनाएको छ । पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको खनाल(नेपाल समूहले मंगलबार बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको हो ।सहसंयोजकमा केदार न्यौपाने, पशुपति चौलागाईं चयन भएका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् ।

यस्तै पार्टीले बागमती प्रदेश अन्तरगत रहेका जिल्ला अध्यक्षहरु पनि चयन गरेको छ । जसमा काठमाडौंमा वसन्त मानन्धर,ललितपुरमा हरिकृष्ण थापा,भक्तपुरमा रजन केसी, नुवाकोटमा नारायण प्रसाद खतिवडा,सिन्धुपाल्चोकमा झम्क नेपाल,मकवानपुरमा मनु सिग्देल चयन गरेको छ ।यस्तै सिन्धुलीमा सूर्य पाख्रीन,दोलखामा भीम दाहाल,रसुवामा पेम्बा तामाङ,चितवनमा तेजेन्द्र खड्का,धादिङमा शिवराज कँडेल,रामेछापमा शान्ति पौड्ल र काभ्रेमा टोपबहादुर वाइवा चयन भएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्