Techie IT
सोमबार, वैशाख ६,२०७८

एमालेका मन्त्रीले दिए राजीनामा


काठमाडौं ।

एमालेको तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार संयुक्त रुपमा राजीनामा दिएका छन् । एमाले माधवकुमार नेपाल समूहबाट आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट राजीनामा दिएका हुन् ।

आइतबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाही नेतृत्वको सरकारबाट आफ्नो पार्टीका मन्त्रीहरुलाई तत्काल राजीनामा गर्न निर्देशन दिएबमोजिम तीन मन्त्रीहरुले संयुक्त रुपमा राजीनामाको घोषणा गरेका हुन् । गत चैत ४ गते एमालेले कणार्ली सरकारलाइृ दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि एमालेको नेपाल समूहले भने समर्थन फिर्ता गरेको थिएन ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्