Techie IT
१८ माघ २०७९, बुधबार

सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्डले शुक्रबार पुनरावलोकन निवेदन दिने


काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई विभाजन गराइ नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा अलग अलग बनाउने सर्बोच्च अदालतको फैसलाविरुद्ध शुक्रबार पुनरावलोकन निवेदन दिने भएका छन् ।

सर्बोच्च अदालतले संसद पुनस्थापना गर्दा लड्डु बाँडेर हर्सोललास मनाएका नेता प्रचण्डले सर्बोच्चले अषि कट्टेलका पक्षमा मुद्दा फैसला गरिदिएपछि भने अध्यक्ष्ँ प्रचण्डले सर्बोच्चको कदमको विरोध गर्दै पुनरावलोकनमा जाने निर्णय गरेका थिए । केही समय कानुन व्यावशायीहरुसँगको छलफलपछि अध्यक्ष्ँ प्रचण्ड शुक्रबार पुनरावलोकन निवेदन दर्ता गर्न सर्बोच्च जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्