Techie IT
१७ माघ २०७९, मंगलबार

नेपाल-खनाल समुहले शुक्रबार बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)एमालेको नेपाल-खनाल समुहले चेत्र १३ गते शुक्रबारका लागि पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको पछिल्लो समयमा देखिएको परिस्थितिको बारेमा स्पष्ट धारणा बनाउनका लागि नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

शुक्रबार ११ बजे सामाखुसीको मेघा पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बोलाइएको स्रोतले जनाएको छ । एमालेमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल,खनाल लगायत नेपाल समुहकान चार जना नेतालाई स्पष्किरण सोधेपछिको अवस्थाकोबारेमा सामुहिक रुपमा स्पष्ट धारणा र एजेण्डा बनाउन केन्द्रीय कमिटी बैठक डाकिएको एक केन्द्रीय सदस्यले बताएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्