पाँच वर्षका लागि एमाले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा

काठमाडौँ ।
अबका पाँच वर्षका लागि नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा रहने भएको छ ।बैशाख १ गतेबाट थापाथलीबाट पार्टीको केन्द्रीय कार्यक्रम संचालन हुने जानकारी स्रोतले दिएको छ ।
बुधबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेर सकेपछि सम्झौता भएबमोजिम उक्त जानकारी प्राप्त भएको हो ।
धुम्बाराहीमा रहेको कार्यालय खाली गर्न पासाङ ल्यामू स्मृति प्रतिष्ठानले आग्रह गरेपछि सञ्जय अग्रवालको थापाथलीमा रहेको अढाइ तले घर भाडामा पाँच वर्षका लागि लिइएको पार्टी स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्