७० करोड घुस माग्ने बाँस्कोटा पत्रकार महासंघको सदस्य

काठमाडौं ।
७० करोड घुस माग्ने पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा भोट हाल्न पाउने भएका छन्।नेपाल पत्रकार महासंघले जारी गरेको मतदाता नामावलीमा पूर्वसूचना सञ्चार तथा प्रविधि मन्त्री बाँस्कोटाको नाम राखिएको हो।
उनी पत्रकारिता क्षेत्रकै पृष्ठभूमीबाट राजनीतिमा छिरेका थिए।
महासंघको काठमाडौं शाखामा बाँस्कोटाले सदस्यता नविकरण गरेपछि उनको नाम मतदाताको २ नम्बरमा छ।भने १ नम्बरमा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठको सदस्यता रहेको छ।
बिधानत : पार्टीको केन्द्रीय सदस्य तथा मन्त्रीसमेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न नमिल्ने प्राबधान छ । त्यसमाथि उनै बाँस्कोटाले सूचना तथा सञ्चार मन्त्री सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा २०७६ साल फागुन ७ गते अडियोमा सार्वज्निक भएको थियो । अडियोमा उनले विजय मिश्र नाम गरेका एक विचौलियासँग ७० करोड घुस मागेका छन् ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्