Techie IT
१७ माघ २०७९, मंगलबार

संसदको अर्को बैठक चैत्र १८ गते


काठमाडौँ ।

प्रतिनिधिसभाको अर्को बैठक चैत्र १८ गते बस्ने भएको छ । मंगलबबार बसेको बैठकमा तीन वटा प्रतिवेदन पेश गरेपछि अर्को बैठक चैत्र १८ गते दिउँसो एक बजेको लागि बोलाइएको हो । फागुन २३ गते सर्वोच्चको आदेशअनुसार पुनःस्थापित भएको प्रतिनिधिसभाको कार्यसूची शोक प्रस्तावमा सीमित हुँदै आएकोमा त्यसपछिका बैठकले खासै ठोष निर्णय पारित गर्न सकेको छैन ।

सरकारले संसद बैठकलाई निरन्तरण दिन इच्छा नदेखाएकाले बैठक पर पर सारिरहेको विपक्षी पार्टीका सांसदहरुले आरोप लगाएका छन् ।म.गलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश गरे भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेश गरे। यस पछि संसदको बैठक चैत्र १८ गतेलाई बोलाइयो ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्