Techie IT
१७ माघ २०७९, मंगलबार

सरकार र जसपाबीचको वार्ता विनानिष्कर्ष टुङ्गियो


काठमाडौँ ।

सरकार र जनता समाजवादी पार्टी(जसपा)का नेताहरुबिच बालुवाटारमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको छ । मंगलबार वार्ताका लागि बालुवाटार पुगेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबिच भएको वार्तामा सहमति जुट्न नसकेपछि विना निष्कर्ष जसपाका नेताहरु बाुलाटारबाट बाहिरिएका हुन् ।

आफ्ना मागहरु सरकारले सुनेको तर तयसको ठोष जवाफ नआएको र मागका बारेमा सम्बोधन गर्ने आश्वासन मात्रै पाएको जसपा स्रोतले जनाएको छ ।सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका जसपाले माग राख्दै आएको छ ।

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, कार्यदलका सदस्य कर्ण र सर्वेन्द्रनाथ शुक्लले भाग लिएका थिए। अब अर्को वार्ता कहिले हुने भन्ने बारेमा केही नखुलाइएको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्