Techie IT
१७ माघ २०७९, मंगलबार

सत्ता समीकरण बारे छलफल गर्न जसपा नेताहरु बालुवाटारमा


काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) का नेताहरु नयाँ सत्ता समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् । जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरु नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि मंगलबार बालुवाटार गएका हुन्। उनीहरुरबिच बालुवाटारमा सत्तासमीकरणका विषयमा वार्ता भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

ओली सरकारलाई समर्थन गर्नेकी उसलाई सत्ताबाट हटाउने भन्ने विषयमा जसपाभित्र विवाद रहेको छ । पूर्व संघिय समाजवादी समूहले ओली सरकारको विकल्पमा सरकार गठन गर्ने पक्षमा देखिन्छ भने पूर्व राजपा पक्ष प्रधानमन्त्री ओलीलाई समर्थन गरेर सरकारमा सहभागी हुने पक्षले देखिन्छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्