Techie IT
१७ माघ २०७९, मंगलबार

सर्बोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय


काठमाडौँ ।

नेकपा भंग गर्ने सर्बोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । सिंहदरबारमा मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाविरुद्ध यसै साता पुनरावलोकनमा जाने निर्णय गरेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंग भएको फैसला गरेपछि माओवादी केन्द्रले त्यसविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको थियो ।
सर्बोचचले नेकपाको नाम अषि कट्टेलको पक्षले फैसला गरेपछि अहिले एक भएर नेकपा भएका नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएर आफ्नो संगठन विस्तारमा सकृय रहेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्