Techie IT
१२ साउन २०७८, मंगलबार

प्रचण्ड–नेपाल पक्षलाई देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको :प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षले देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको बताएका छन् ।

पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा कम्फर्टेबल सरकार बनाउन प्रचण्ड नेपाल लागिपरेको भन्दै ओलीले उनीहरु देश र जनताको लागि नभइ कसैको लागि कन्फर्टेबल हुने सरकार चाहेको बताएका हुन्।

नेकपाको बहुमत केन्द्रीय सदस्य प्रचण्ड-नेपाललाई आफूले नै दिएको ओलीको भनाई छ । ‘उनीहरुले भनिरहेका छन् । हामीसँग केन्द्रीय कमिटीको बहुमत छ । मैले नै दिएको बहुमत हो । पार्टी एकताका लागि, देश बनाउनको लागि दिएको । कुनै चुनावबाट आएको हो र त्यो रु’ ओलीले भने । ‘तर उनीहरु षड्यन्त्रपूर्ण ढङ्गले त्यतिबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने र देश बिगार्नेको उद्देश्य पो रैछ ।’

उनले केन्द्रीय सदस्यदेखि सांसदहरुलाई हटाउन सक्ने चेतावनी दिएका छन् ।नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने बताउँदै चेतावनी दिएका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्