Techie IT
१५ साउन २०७८, शुक्रबार

नेदरल्याण्ड्का लागि गैरआवासीय नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त


काठमाडौं ।
बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्का लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्का लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्