Techie IT
१५ साउन २०७८, शुक्रबार

तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको छ,तपाईंहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो:गृहमन्त्री रामबहादुर थापा


काठमाडौँ ।
नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गरेका छन् । उनले तपाईंहरुलाई सच्चिने यो अन्तिम अवसर पनि हो । तपाईंहरु सच्चिनुस् । तपाईंहरु गलत बाटोबाट हिँडिरहनु भएको समेत बताए ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।’

गत भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन थापाले प्रचण्ड–माधव समूहलाई आग्रह गरे । ‘पार्टी एकताको निम्ति भाद्र २६ गतेको स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको छ, एकताको पक्षमा, रुपान्तरणको पक्षमा, समृद्धिको पक्षमा आत्मआलोचनासहित भाद्र २६ गतेको त्यो निर्णयलाई तपाईंहरुले कार्यान्वयन गर्नुस् र पार्टीलाई फेरि एकताबद्ध गराउन योगदान गर्नुस्,’ थापाले भने ।

उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट देश अस्थीरतामा धकेलिएको जिकीरसमेत गरे ।यो देशको स्थायीत्वको पक्षमा अदालतको निर्णय भएको छैन । यो निर्णयले देशलाई अस्थीरतामा धकेलेको छ । यो अस्थीरता त हामीले देखिसक्यौं,’ थापाले भने ।अदालतको फैसलाले अवसरवादीहरुलाई सच्चिने मौका दिएकोसमेत उनले बताए । आफ्ना गल्तीहरुलाई स्वीकार गरेर फेरि पार्टीमा एकताबद्ध हुने अवसर आएको उनको भनाइ छ ।


क्याटेगोरी : राजनीति



तपाईको कमेन्ट लेख्नुहोस्