Techie IT
१२ साउन २०७८, मंगलबार

तत्काल स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय


काठमाडौँ ।

तत्काल पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले निर्णय गरेको छ ।संसद सचिवालयको कार्यालय सिंहदरबारमा सोमबार विहान बसेको उक्त समूहको सचिवालय बैठकले समूहको दुवै कमिटीको तत्काल बैठक बोलाउने निर्णय गरेको हो ।

संसद पुर्नस्थापना भएपछिका राजनीतिक घट्नाक्रमका वारेमा छलफल गर्नका लागि बैठक बोलाउने निर्णय गरिएको प्रचण्ड-नेपाल समूहले जनाएको छ । तर बैठक कहिले बोलाउने भन्ने कुराको भने जानकारी दिलाएको छैन । साथै पाटीको आधिकारीकताको लागि आयोगमा चाँडै निर्णय गर्न अनुरोध गरेको पनि स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्