Techie IT
१२ साउन २०७८, मंगलबार

संसद पुर्नस्थापनापछि प्रधानमन्त्रीको देश दौडाहा झनै बढ्यो

सोमबार पोखराको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते गरेको संसद विघटनलाई सर्बोच्च अदालतले पुर्नस्थापना गरेपछि प्रधानमन्त्री ओलीको देश दौडाहा झनै बढेको छ । आइतबार मात्रै आफ्नै गृह जिल्ला झापाको कमलखामेलाको पुल उद्घाटन गर्न गएका प्रधानमन्त्री ओली त्यसपछि त्यहाँ आयोजित भेलालाई पनि सम्बोधन गरेर राजधानी फर्किएलगत्तै सोमबार पोखरामा ण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्दैछन् ।

त्यसपछि नेकपा ओली समूहले आयोजना गरेको सभागृहमा गण्डकी प्रदेशस्तरयि कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न कार्यक्रम रहेको स्रोतले जनाएको छ । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा ओराल्दै छ । संसद विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि प्रदेशस्तरीय भेलामा पोखरा आउन लागेका ओलीलाई धेरैले चासोका साथ हेरेका छन् ।

कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्वीमिङ पुललगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिप्रिmङ गर्ने कार्यक्रम रहेको । राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्