Techie IT
१२ साउन २०७८, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पोखरा जाँदै


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पोखरा जाँदै छन्। पोखरामा प्रधानमन्त्री ओलीले नेकपाको आफ्नो समूहका प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्न जान लागेका हुन् ।

आइतबार गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी भएका ओली आज पोखरा जान लागेका हुन्। यस्तै ओलीले गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको पनि शिलान्यास गर्ने छन्।

पोखराबाट आजै काठमाडौँ फर्कने ओलीको मंगलबार फेरि झापा जाने कार्यक्रम तय छ।


क्याटेगोरी : राजनीति



तपाईको कमेन्ट लेख्नुहोस्