Techie IT
१५ साउन २०७८, शुक्रबार

सिंहदरबारमा नेकपा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक जारी


काठमाडौं ।

नेकपा प्रचण्ड-नेपाल समूहको सचिवालय बैठक सिंहदरबारमा जारी छ । संसदीय दलको कार्यालयमा उक्त समूहको बैठक केही समय अघि देखि शुरु भएको हो ।संसद पुर्नस्थापना भएर अब संसद अधिववेसनको तयारीमा रहेको अवस्थामा प्रधानमन्त्री केपी ओलीलाइृ अविश्वासको प्रसताव पास गराएर कसरी प्रधानमन्त्रीबाट हटाउने भन्ने रणनिती तय गनमा बैठक केन्द्रीत रहेको एक सचिवालय सदस्यले जानकारी दिए ।

अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेको भए पनि उनीहरुलाइृ नेकपा प्रक्ष्ट रुपमा विभाजित नभएकोले उनीहरुले आफ्नो निर्णय लिन सकिरहेका छैनन् ।

सर्बोच्च अदालतले गत फगुन ११ गते संसद पुर्नस्थापनाको फैसला सुनाएर १३ दिन भित्र संसद अधिवेसन बोलाउन सरकारलाई आदेश दिएपछि पछिललो समयमा सबै राजनीतिक पार्टीको ध्यान अदालतबाट मोडिएर संसद बैठकतिर गएको छ । निर्वाचन आयोगले पार्टी वैधानिकता नदिएको अवस्था रहेको छ । अवको यो परिस्थितिमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफ गर्नको लागि सोमबारको सचिवालय बैठक बोलाएको प्रचण्ड-नेपाल समूहले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्