Techie IT
१५ साउन २०७८, शुक्रबार

योगेश भट्टराई चढेको गाडीले ठक्कर दिंदा ५५ वर्षिय साइकल यात्री घिमिरे घाइते 


काठमाडौं ।

 पूर्वमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडीले ठक्कर दिंदा ५५ वर्षिय इन्द्रप्रसाद घिमिरे घाइते भएका छन् ।रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्री घिमिरेलाई ठक्कर उनी घाइते भएका हुन्।

जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । घाइते उनलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएकोमा थप उपचारको लागि उनलाई काठमाडौंको बीएण्डबी रिफर गरिएको जानकारी रौतहट प्रहरीले दिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्