Techie IT
१५ साउन २०७८, शुक्रबार

नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तन भएको सचिवालयलाई जानकारी गराए


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णय संसद सचिवालयलाई जानकारी गराएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् ।गत शुक्रबार नेकपा ओली समूहका अध्यक्ष तथा संसदीय दलका नेता ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले उक्त पत्र बुझेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्