Techie IT
१२ साउन २०७८, मंगलबार

आफ्नो अभिव्यक्तिको आशय वलीलाई चोट पुर्‍याउने नभएको:रघुजी पन्त


काठमाडौँ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’  नेता रघुजी पन्तले आफ्नो अभिव्यक्तिको आशय वलीलाई चोट पुर्‍याउने नभएको दाबी गरेका छन्।राष्ट्रियसभा सदस्य नेता कोमल वलीप्रति ‘लैङ्गिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै वलीले आपत्ति प्रकट गरेकी थिइन ।

शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा पन्तले ‘पोइला जान पाम् भन्ने गीत गाएर, सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि’ उनलाई ओलीले सांसद बनाएको भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको व्यापक विरोध भइरहेका बेला पन्तले आइतबार देशसञ्चारसँग भने, ‘मेरो आशय कोमल वलीजीको भावनामा चोट पुर्‍याउने होइन। मेरो अभिव्यक्तिले कोमल वलीजीलाई चोट परेकोमा म दुःखी छु। तर विषयलाई बंग्याएर विवादमा तान्नु उचित होइन। म महिला समानताको पक्षमा उभिदै आएको नेता हुँ। महिलाप्रति मेरो सम्मान छ।’

पन्तले आफ्नो यौनिकतामाथि सार्वजनिकरुपमा टिप्पणी गरेपछि वलीले भनेकी थिइन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ। पन्तजीलाई मेरो प्रश्न स् तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको होरु के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईँको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ रु’

वलीले आफूविरुद्ध अदालत जाने तयारी गरेको प्रसंगमा पन्तले भने, ‘म फेरि पनि दोहोर्‍याउँछु। मेरो अभिव्यक्तिका कारण कोमल वलीजको भावनामा चोट पुगेकोमा म दुखी छु। तर मेरो आशय उहाँलाई चोट पुर्‍याउने होइन। परेको खण्डमा अदालतको सामना गर्छु।’


क्याटेगोरी : राजनीति



तपाईको कमेन्ट लेख्नुहोस्