Techie IT
१२ साउन २०७८, मंगलबार

प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो पर्‍यो:सुवास नेम्वाङ


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको बताएका छन् ।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसप्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको बताएका हुन् ।

उनले भने, ‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो रु निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो । संसद् पुनस्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईहरुलाई बताई नै सके उहाँ त हिजो भन्दा झन दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गरेको समेत बताए । तर अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकोले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे ।


क्याटेगोरी : राजनीति



तपाईको कमेन्ट लेख्नुहोस्