Techie IT
१५ साउन २०७८, शुक्रबार

संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले नेकपा ओली समूहकाआफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरे


काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सयभन्दा बढी सांसदहरू रहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका हुन् ।
‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । एक सयभन्दा बढी सांसद छन् ।’ आवश्यक परे संसदमा देखाउन तयार रहेको उनको भनाइ छ ।

उनले फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै स्मरण गर्दै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए डटेर सामना गर्ने बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्