Techie IT
१५ साउन २०७८, शुक्रबार

प्रचण्ड आइतबार बिहान सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेस गर्न पुगे


काठमाडौँ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) बिहान सर्वोच्च अदालतमा आफ्नो लिखित जवाफ पेस गर्न पुगेका छन् ।

आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा लिखित जवाफ पेस गर्न प्रचण्ड आफैं अदालत पुगेका हुन्।जवाफ बुझाएर अहिले प्रचण्ड अदालतबाट फर्किसकेका छन्।

गत माघमा विराटनगरमा आयोजित विरोध सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायूले मुद्दा हालेका थिए ।

जसमा गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

अदालतको अवहेलनाकै मुद्दामा यसअघि चार पूर्वप्रधानन्यायाधीश- मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन्।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्