Techie IT
आईतबार, फागुन १६,२०७७

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा: थापा


काठमाडौं ।

राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयता विदेशीको एजेण्डा भएको बताएका छन  । गृहजिल्ला मकवानपुरको टोल–टोलमा राप्रपा अभियान संचालन गरिरहेका थापाले मंगलबार हेटौंडा–१३ को पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले नेपालमा यो वयावस्था अफाप सिद्ध भइसकेको बताए ।यस्तै संसद विघटन सम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनावमा जानु आवश्यक रहेको बताए।

यस्तै संसद विघटन सम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने भन्दै थापाले राजनीतिक रूपमा शान्ति र स्थिरताको निमित्त चुनावमा जानु आवश्यक रहेको बताए।उनले स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए। संसद विघटनविरुद्ध सर्बोच्चमा परेका रिटमाथिको बहसको फैसलाका वारेमा आफ्नो धारणा राख्दै सर्वोच्चको फैसलालाई सबैले मान्नु पर्ने बताए ।भ्रष्टाचार, बेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई थप अधोगतितर्फ लैजाने भन्दै थापाले यो दुष्चक्रको अन्त्य गरी मौलिक किसिमको राज्य व्यवस्था र प्रणाली कायम गर्नमा सबै अग्रसर हुनु पर्नेमा अध्यक्ष थापाले जोड दिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार