Techie IT
आईतबार, फागुन १६,२०७७

आफूहरुले एकताको झण्डा उठाएको र ओलीले फुट र विसर्जनको झण्डा उठाएको:प्रचण्ड


काठमाडौँ ।
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले एकताको झण्डा उठाएको र ओलीले फुट र विसर्जनको झण्डा उठाएको बताएका छन्।

मंगलबार काठमाडौँमा तलकराज भण्डारीद्वारा सम्पादित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरुले एकताको झण्डा उठाएको र ओलीले फुट र विसर्जनको झण्डा उठाएको बताए।फुट र विसर्जनको बाटो रोजेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मुद्दा हारिसकेको बताएका हुन्।

उनले पार्टी ठूलो दुःखले एकता गरेको बताउँदै फुटाउने प्रयास भइरहेको बताए। उनले जुन विधानअनुसार पार्टी एकता भएको थियो आफूहरु त्यसको पक्षमा रहेको बताए।

‘एकताको झण्डा हामीले उठाएका छौँ, केपीजीले फुट, विसर्जन र विघटनको बाटो रोज्नुभो’, उनले भने, ‘पार्टी, देश, संविधान र लोकतन्त्रलाई विसर्जन र विघटन गर्ने बाटोमा जानु भएको छ। मुद्दा त उहाँले हारिसक्नु भयो। व्यवहारिक रुपले त्यसलाई परास्त गर्न यो युद्ध हामीले जित्नुपर्छ।’

उनले पुस ५ गतेपछि आफूहरु शान्तिपूर्ण युद्धमा रहेको ताउँदै त्यो युद्ध जित्ने संकल्प गर्नुपर्ने बताए।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार