Techie IT
बिहीबार, फागुन १३,२०७७

विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

मंगलबार बस्दै गरेको सुरक्षा परिषद र मन्त्रीपरिषदमा पनि यस विषयमा छलफल हुने


काठमाडौँ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारले तयारी गरेको छ । दुवै पक्षबिचको बार्ताको बातावरण बनाउन फुकुवा गर्ने तयारी गरेको जनाइएको छ । यसको लागि मंगलबार, पहिले सुरक्षा परिषदको आकस्मिक बैठक र त्यसपछि मन्त्रीपरिषदको बैठकमा पनि यस विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

वि सं २०७५ फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ । अहिले आएर दुवै पक्ष बार्ताको लागि लचकदार भएको देखिन्छ । गत शनिवार नेकपा विप्लवले पनि विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी बार्ताको पक्षमा रहेको र बार्ताको बातावरण तयार गर्नका लागि राजनीतिक गतिविधिमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग गरेको थियो । त्यसपछि सरकारी पक्षबाट पनि पहल अगाडी बढाएर बर्ताको बातावरण सृजना गर्न तिर लागेको वुझिएको छ । मंगलबार बस्ने सुरक्षा परिषद र मन्त्री परिषदको बैठकपछि विप्लवमाथि लगाउदै आएको प्रतिबन्ध हट्न सक्ने संभावना रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार